+
+

वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलिया समातिए

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते २०:२२

३ फागुन, काठमाडौं । प्रहरीले वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलियाहरुलाई पक्राउ गरेको छ ।

काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दु:ख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९ बस्‍ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका-९ घर भई हाल सूर्यविनायक नगरपालिका-२ बस्‍ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्‍यपुर ठिमी बस्‍ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?