+
+

हज यात्राका लागि निवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते ७:३७

४ फागुन, काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरिएको छ ।

नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?