+
+

जापानमा शैक्षिक तथा व्यापारसम्बन्धी अनलाइन गोष्ठी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:२२

जापान । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिट्यान्स/आईएमईको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल–जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमलाई ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओशाका, मोरिकोसान कम्पनी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक लगायतको सहकार्यमा सम्पन्न गरिएको थियो ।

गोष्ठीमा जापान र नेपालका विभिन्न क्षेत्रहरू जस्तै- पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टे तथा मानव संसाधन र नेपालका शैक्षिक संस्थाहरूसँग सहकार्य गरी ७० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केइइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदूताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले सम्बोधन गरेका थिए ।

नेपालका तर्फबाट आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, आईजीसी ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा तथा काठमाडौं विश्व विद्यालयका एकेडेमीआ इण्डस्ट्री समन्वय विभागका निर्देशक डा. राम लामाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली विद्यार्थी समाज जापानका महसचिब सञ्जय कार्कीले जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती विषयमा आफ्नो धारणा राखेका थिए ।

आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो इतिहास रहेको बताए । उनले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर आईटी लगायतको क्षेत्रको हाइ स्किल्ड म्यानपावर पनि प्रशस्त मात्रामा लिन सक्ने बताए ।

काठमाडौं विश्व विद्यालयका एकेडेमी इण्डस्ट्री समन्वय विभागका निर्देशक डा. राम लामाले काठमाडौं विश्वविद्यालयले सम्बन्धित देशका विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गरी सोही देशमा काठमाडौं विश्वविद्यालयको डिग्री उपलब्ध गराउने सोच सहित अगाडि बढेको बताए ।

एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावाले आफूहरुले विभिन्न देशका विद्यार्थीहरुलाई दिक्षीत गरी उज्ज्वल भविष्य निर्माणमा योगदान दिँदै आएको बताए ।

कार्यक्रममा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदूताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यावसायिक सहकार्यसँगै सामाजिक र राष्ट्र हित सम्बन्धित रहेर विभिन्न माध्यमबाट सहयोग गर्न र योगदान दिन पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा क्योउदाइ रेमिट्यान्सका म्यानेजर तथा एनआरएन जापानका पूर्वकेन्द्रीय सल्लाहकार नरेन्द्र बस्नेत (दिनेश) ले जापानमा नेपालीहरुको अवस्था, अवसर र समस्याबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?