+
+

खुला विश्वविद्यालयमा डीन नियुक्तिका लागि सर्च कमिटी गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:२३

४ फागुन, काठमाडौं । नेपाल खुला विश्वविद्यालय, कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि सर्च कमिटी गठन गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रा.डा.राजेन्द्र ध्वज जोशीको संयोजकत्वमा पाँच सदस्यीय सर्च कमिटी गठन गरेको हो ।

सर्च कमिटीले खुला विज्ञापन गरेर डीन नियुक्तिका लागि सिफारिस गर्ने र कार्यकारी परिषदले नियुक्त गर्नेछ ।

२०७८ भदौदेखि व्यवस्थापन तथा कानून संकाय र समाजशास्त्र तथा शिक्षा, २०७८ पुस यता विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय डीनविहीन बनेको हो ।

दलहरुबीच भागवण्डा नमिलेका कारण लामो समयदेखि विश्वविद्यालयका तीनवटा संकाय प्रमुख विहीन छन् । तर, अब यो समस्या चाँडै समाधान हुने विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु मानन्धर बताउँछिन् ।

उनी भन्छिन्, ‘विविध कारणले डीन नियुक्ति गर्न समस्या भएको थियो । सर्च कमिटी नै गठन गरिएकोले अब यो समस्या चाँडै समाधान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?