
४ फागुन, काठमाडौं । महाशिवरात्रि मनाउन देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।
भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्रि मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।
उनीहरु हातमा त्रिशूल, गलामा मालासहित पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन्।
यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ । साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
हेर्नुहोस् थप तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4