+

एन्फा अध्यक्ष नेम्वाङ एएफसी विकास समितिको उपाध्यक्षमा मनोनित

२०७९ फागुन  ४ गते १५:४५ २०७९ फागुन ४ गते १५:४५
एन्फा अध्यक्ष नेम्वाङ एएफसी विकास समितिको उपाध्यक्षमा मनोनित

४ फागुन , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् ।

समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलिफाले उक्त समितिको अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् ।

एएफसीको एक महत्वपूर्ण पक्ष रहेको विकास समितिले एएफसीअन्तर्गत रहेका सदस्य राष्ट्रहरु र संघीय सदस्यहरुको फुटबल विकासका लागि सहयोग प्रदान गर्ने गदर्छ ।

एन्फा अध्यक्ष नेम्वाङ यसअघि फेब्रुवरी १ मा बहराइनमा सम्पन्न भएको एएफसीको ३३औं निर्वाचनमा कार्यसमितिमा निर्वाचित भएका थिए ।

पंकज विक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय