
४ फागुन, काठमाडौं । विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डमा बुझाउनुपर्ने विद्यार्थीबाट उठेको रकम अब अनलाइन तिर्न सक्ने व्यवस्था गरिएको छ ।
बोर्डका अनुसार विद्यार्थीले रजिष्ट्रेसन फारम, प्रमाणपत्र शुल्क लगायत तिरेको रकम विद्यालयले बोर्डमा नै आएर तिर्नुपर्ने झन्झटको अन्त्य भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले सेवाग्राहीको सुलभताको लागि सुधारहरु गरिरहेको बताए ।
उनले भने ‘हामीले विद्यालय र विद्यार्थीलाई सेवा प्रवाहमा सहज बनाउने प्रयास गरिरहेका छौं । सेवाग्राहीलाई छिटो छरितो सेवा दिने कोशिसमा छौं ।’ विद्यालयले बोर्डमा बुझाउनुपर्ने कुनै पनि खालको रकम अनलाइन माध्यमबाट तिर्न सक्ने भएपछि विद्यालयको सेवा प्रवाहमा पनि प्रभाव पर्ने अध्यक्ष शर्माको भनाई छ ।
बोर्डले विद्यार्थीले पनि विद्यालयमा बुझाउनुपर्ने रजिष्ट्रेसन फारम, प्रमाणपत्र शुल्क लगायतको पैसा तिर्नुपर्ने कुराहरु अनलाइन तिर्न सक्ने गरी बनाउने कार्य भइरहेको जनाएको छ । बोर्डको योजना अनुसार अबको एक महिनाभित्र विद्यार्थीले अनलाइन मार्फत विद्यालयमा शुल्क बुझाउन सक्नेछन् ।
प्रतिक्रिया 4