
४ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा पसलहरु कारबाहीमा परेका छन् । यात्रुसँग चर्को मूल्य असुलेपछि ती पसलहरुमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको हो ।
अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । ९ वटा पसललाई कारबाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4