+
+

सनवे कलेजद्वारा ‘आईईएलटीएस’ छात्रवृत्ति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १९:४४

काठमाडौं । सनवे कलेजले ‘आईईएलटीएस’ छात्रवृत्ति घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) परीक्षा उत्तीर्ण गरेका सम्भावित विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा गरिएको कलेजले जनाएको छ ।

अङ्ग्रेजी भाषामा प्रवीणता देखाउने र आफ्नो शिक्षालाई अगाडि बढाउन खोजिरहेका विद्यार्थीहरूलाई सहयोग तथा प्रोत्साहन गर्न छात्रवृत्ति घोषणा गरिएको कलेजले जनाएको छ । छात्रवृत्तिका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो डिग्री हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास कलेजले लिएको छ ।

नेपालमा डाटा साइन्समा चार वर्षे स्नातक डिग्री प्रदान गर्ने एक मात्र संस्थान सनवे कलेज भएको सफ्टएड समूहका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । उनले कलेजले ग्राजुएसनअघि ९ महिनाको जागिर भुक्तान गरिएको प्लेसमेन्टको ग्यारेन्टी पनि दिने बताए । विद्यार्थीहरूले आफ्नो लक्ष्य प्राप्त गर्न र पूर्ण क्षमतामा पुग्न छात्रवृत्ति कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ छ ।

कलेजका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको आईईएलटीएस स्कोरमा आधारित हुनेछ ।
आईईएलटीएस ६ र ५.५ ब्यान्ड स्कोर भएका विद्यार्थीहरूका लागि ३० प्रतिशत स्कलरसीप, आईईएलटीएस ६ र ६.५ ब्यान्ड स्कोर भएका विद्यार्थीहरूका लागि ४० प्रतिशत स्कलरसीप, आईईएलटीएस ७ र ६.५ ब्यान्ड स्कोरलाई ५० प्रतिशत, आईईएलटीएस ७.५ र ७ ब्यान्ड स्कोर भएकाहरू लागि ६० प्रतिशत, आईईएलटीएस ८ र ७.५ ब्यान्ड स्कोरलाई ७० प्रतिशत, आईईएलटीएस ८.५ र हरेक ब्यान्ड स्कोर ८ भएका विद्यार्थीका लागि ८० प्रतिशत र आईईएलटीएस ९ र हरेक ब्यान्ड स्कोर ८.५ भएका विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुने कलेजले जनाएको छ ।

कलेजले छात्रवृत्तिका लागि योग्य हुन आवेदकहरूले विगत दुई वर्ष भित्र आईईएलटीएस परीक्षा लिई पास गरेको हुनुपर्ने जनाएको छ । यस्तै स्कोरका आधारमा छात्रवृत्ति पाइने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।

शैक्षिक योग्यता र आर्थिक आवश्यकताको आधारमा विद्यार्थीहरूको चयन संख्यालाई छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ ।

योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृतिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?