
५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दलको मान्यताका विषयमा कांग्रेसले कानुन व्यवसायीसँग परामर्श गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखकले कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।
परामर्शमा सहभागी एक कानुन व्यवसायीका अनुसार प्रतिपक्ष दल हैसियत कांग्रेसमा रहेको आफूहरुले जानकारी गराएको बताए । ‘कांग्रेस प्रतिपक्ष दल नै हो । संसद सचिवालयले प्रमुख प्रतिपक्ष दलको कुर्ची नै छुट्याएर राखेको छ,’ छलफलमा सहभागी कानुन व्यवसायीले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताले प्राप्त गर्ने सेवा सुविधाको लागि पत्र पनि संसद सचिवालयले लेखेको छ । यसमा द्धिविधा हुनुपर्ने छैन ।’ कांग्रेस प्रमुख प्रतिपक्षको हैसियतमा रहेको राय दिएको उनले बताए ।
कांग्रेसले कानुन व्यवसायीहरुमा शम्भु थापा, रामनारायण विडारी, महादेव यादव, खम्बबहादुर खाति, राधेश्याम अधिकारी, गोविन्द बन्दी, रमण श्रेष्ठ लगायत परामर्शका बोलाएको थियो ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई नबनाउन भनि सर्वोच्चमा परेको रिट विचाराधीन छ ।
प्रतिक्रिया 4