+
+

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते २०:१५

काठमाडौं । पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए ।

१९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले जनाए ।

आशा गरेअनुसार कमको सहभागिता रहेको बताउँदै उनले वीरगञ्जले पहिलो मिस नेपाल रुवी राणा र उषा खड्गीजस्ता क्षमतावान मिस नेपाल विजेता दिएको स्मरण गरे ।

‘तर हाम्रो आशाविपरीत यहा त्यो उत्साह केही कम देखियो’ उनले भने । सोमबार पोखरा र त्यसपछि धनगढी, नेपालजगन्ज र सुर्खेतमा अडिसन लिइने तयारी छ ।

वीरगन्ज अडिसनमा सहभागीलाई मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्कासँग डिनरको व्यवस्था गरिएको थियो ।

इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ ।

यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?