+
+

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १२:३०

७ फागुन, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा आफूलाई नियुक्त नियुक्त गरेको गुरुङले अनलाइनखबरलाई बताए । ‘सञ्चालक समितिले चार वर्षका लागि नियुक्त गरेको छ,’ उनले भने, ‘सोमबार कार्यभार सम्हाल्छु ।’

गुरुङ यसअघि म्यानमार सिटिजन्स बैंकमा सीईओको रुपमा कार्यरत थिए । त्यसअघि उनले सिभिल बैंकको सफल नेतृत्व गरेका थिए । गुरुङसँगै प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा छनोट भएका थिए । शनिबार भएको अन्र्तवार्तामा गुरुङ प्रमुख कार्यकारी अधिकृतका लागि छानिएका थिए ।

लमजुङको मर्स्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङले नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेका छन् । उनले नेपाली र विदेशी गरेर ६ फरक बैंकमा २७ वर्ष काम गरिसकेका छन् । म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेका गुरुङले सो बैंकमा १० वर्ष ५ महिना काम गरेका थिए । म्यानेजर भएपछि हिमालयनबाट ग्लोबल आइएमई बैंक गएका उनेले त्यहाँ ३ वर्ष ५ महिना बिताए । उक्त बैंकमा उनी म्यानेजर तहबाट जागिर सुरु गरेर चिफ बिजनेस बैंकिङ तहसम्म रहेर काम गरेका थिए ।

त्यसपछि मेगा बैंकमा डेपुटी जेनेरेल म्यानेजरकारुमपा जागिर सुरु गरेका गुरुङले त्यहाँ २ वर्ष ५ महिना बिताएका थिए । मेघामा चिफ कर्पोरेट बैंकिङबाट विदा भएका गुरुङ सिभिल बैंकमा डेपुटी सीईओ भएका थिए । सो पदमा ४ वर्ष ५ महिना बिताएका गुरुङ सिभिल बैंकमा ३ महिना कामु सीईओ भए । त्यसपछि भने ४ वर्ष ५ महिनाका लागि उनी बैंकको नेतृत्वकर्ता सीईओको जिम्मेवारीमा काम गरे ।

सिभिल बैंकमा राम्रो काम गरेकै कारण उनी खुला प्रतिस्पर्धाबाट म्यानमारको याङुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त भएका थिए । त्यहाँ उनले एक वर्ष ६ महिना काम गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?