+
+

६ महिनामा अध्ययन भिसामा नेपाल आए ४७० विदेशी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १२:४३

७ फागुन, काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ ।

नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको छ । यसबाहेक व्यावसायिक भिसा समेत जारी हुन्छ ।

पछिल्लो तीन महिनाको अवधिमा मात्र अध्ययनका लागि २०९ जनाले भिसा लिएका छन् । व्यावसायिक भिसामा ८८७ जना नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । नाता भिसा लिनेको संख्या १ हजार ३७६ रहेको छ । बैबाहिक भिसा लिने २८५ जना छन् । यस अविधिमा कामदार भिसा ५५२ जनाले लिएका छन् । आवासीय भिसा ४ जनाले लिएका छन् । प्रेस भिसामा २ जना आएको देखिएको छ ।

पछिल्लो तीन महिनामा अध्यागमन विभागबाट मात्र ७ हजार ५५२ वटा पर्यटक भिसा जारी भएको छ । यसअवधिमा गैरआवासीय भिसा ६१० वटा जारी भएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो तीन महिनामा अध्यागमन विभाग एजेन्सीबाट ३ हजार ९५१ वटा पदयात्रा अनुमति पत्र जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?