
७ फागुन, काठमाडौं । आइतबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4