+

वीरगञ्जका पहिलो मेयर केशरप्रसाद मानन्धरको सम्झना फुटबल प्रतियोगिता सुरु

२०७९ फागुन  ७ गते १९:१४ २०७९ फागुन ७ गते १९:१४
वीरगञ्जका पहिलो मेयर केशरप्रसाद मानन्धरको सम्झना फुटबल प्रतियोगिता सुरु

७ फागुन, वीरगञ्ज । वीरगञ्जका पहिलो मेयर केशरप्रसाद मानन्धरको सम्झानामा आइतबारदेखि अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।

वीरगन्ज भेट्रान्स सिटी क्लबको आयोजनामा आर्दशनगर रंगशालामा प्रतियोगिता सुरु भएको हो । वीरगञ्ज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

आइतबार भएको उद्घाटन खेलमा नृसिंह मावि विजयी भएको छ । लिटिल फ्लावर माविलाई ले ४ –० गोल अन्तरले पराजित गर्दै नृसिंह विजयी भएको हो ।

नृसिंह माविका खेलाडीले सुरुदेखि नै लिटिल फ्लावर मावि माथि दबाव बनाएका थिए । पहिलो हाफमा नृसिंह माविका खेलाडी बिष्णु महतोले गोल गर्दै अग्रता दिलाएका थिए । नृसिंह माविले दोस्रो हाफमा तीन गोल थपेर खेल आफ्नो पक्षमा पारेको थियो । २ गोल गर्न सफल बिष्णु म्यान अफ द म्याच घोषित भए ।

उनलाई वीरगञ्ज भेट्रान्स सिटीका प्रथम उपाध्यक्ष सागर शमशेर जबराले नगद पुरस्कार हस्तानान्तरण गरेका थिए । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक र निजी गरी १२ वटा विद्यालय सहभागी छन् ।

नेपाली फुटबल वीरगञ्ज महानगरपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय