+
+

जकपुरधाममा ११ फागुनदेखि साहित्य महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १९:२०

७ फागुन, जनकपुरधाम । अगामी फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ हुने भएको छ । जनकपुरधाममा नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा चौथो संस्करणको तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको हो ।

नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘समावेशितातर्फ ‘परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’ र घेघ बनल घोघ’ विषयमा बहस हुने छ ।

त्यस्तै युवातर्फ ‘संस्कार र परिष्कार’, ‘शहीद दिलिप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, राजनीति तर्फ अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ लगायत विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने फाउण्डेसनका उपाध्यक्ष नेपालले जानकारी दिए ।

आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव हुने तालिका सार्वजनिक गरेको हो । देशभरिवाट राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, विद्यार्थी लगायतको सहभागिता रहने महोत्सवको उद्घाटन फागुन ११ गते दिउँसो २ः३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ छ ।

उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र विशेष अतिथि मधेश् प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट प्रियंका झा, सारोज मिश्र, अमित झा, मो.रियाज साफीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?