
८ फागुन, काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ ।
फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई लाभांश वितरण गर्ने छ ।
जसअनुसार हाल कायम चुक्ता पूँजीको ३७.३६ प्रतिशत लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।
घोषित लाभांशमध्ये २८ प्रतिशत बोनस शेयर हो भने ९.३६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको कम्पनीे जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4