
८ फागुन, काठमाडौं । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि दोल्ती पावर कम्पनी लिमिटेडले आपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
जसमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिकाका स्थानीय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा २५ फागुनमा हुनेछ भने ढिलोमा ७ चैतमा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले २५ फागुनभित्र आवेदन दिन पाउँछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड हो । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ । आईपीओमा सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने छ ।
प्रतिक्रिया 4