
८ फागुन, काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।
झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछ झडप भएको हो ।
झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ र स्थिति सामान्य बनेको छ ।
विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता पनि भइरहेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4