
८ फागुन, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन थालेको छ ।
५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबर ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन भएको छ । यो जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत हो । यसमध्ये दैलेखको नौमुलेद्वारीका अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ७२ हजार २६ कित्ता तथा अन्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर दिइने छ । प्रतिकित्ता १०० रुपैयाँका दरले यो साधारण सेयर निष्कासन भएको छ ।
१ लाख ८ हजार ८११ कित्ता साधारण सेयर वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानेहरुलाई पनि दिइने छ । कम्तीमा १० कित्ता र बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
७३ करोड १९ लाख लागतमा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना बनाउन यस्तो आईपीओ जारी भएको हो ।
स्थानीयले आयोजना स्थलसहित एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनुपर्ने छ ।
वैदेशिक रोजगारीमा रहेकाले सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो सेयरको अनलाइन प्लेटफर्मबाट पनि आवेदन सकिने छ ।
प्रतिक्रिया 4