
८ फागुन, हेटौंडा । मकवानपुरमा जंगली हात्तीको आक्रमणमा परि एक महिला घाइते भएकी छन् ।
सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीय राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।
उनको अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका छन् ।
स्थानीयको तोडफोडका कारण सेनाले सुरक्षा गस्तिका लागि प्रयोग गर्दैआएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । उनले थप जनधनको क्षती हुन नदिन स्थानीय र निकुञ्जसँग समन्वय भैरहेको जानकारी दिए ।
हात्ती नियन्त्रणका लागि सेनालाई अनुरोध गरिएको उनले बताए ।
गएको बर्ष यसै स्थानमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको थियो ।
प्रतिक्रिया 4