+
+

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:३६

८ फागुन, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

सोमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सांसदले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?