
८ फागुन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् ।
अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । आक्रमणपछि गम्भीर घाइते अधिकारीलाई चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो ।
अस्पतालले थप उपचारका लागि दिउँसो चितवन रेफर गरेको थियो ।
हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4