
८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति निर्वाचनमा ‘विदेशीको सल्लाह–सुझाव’ अमान्य भएको बताएको छ ।
दुई दिन चलेर सोमबार सकिएको अेनरास्ववियूको स्थायी समिति बैठकले यसबारे प्रस्ताव पारित गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
‘नेपालको राष्ट्रपति यो हुनुपर्छ भनेर विदेशीको सल्लाह–सुझाव र आकांक्षाको हामीले निन्दा र भ्रत्र्सना गरेका छौं,’ उनले भने, ‘देशको राष्ट्रप्रमुख जस्तो व्यक्ति चयमा आएका यस्ता कुराहरु जनप्रतिनिधिले तिरस्कार गरुन् भन्ने हामीले आह्वान गरेका छौं ।’
बैठकले अध्यक्ष पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय स्ववियु परिचालन कमिटी समेत गठन गरेको छ । त्यस्तै घोषणा पत्र निर्माण समिति समेत बनाइएको पराजुलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4