
९ फागुन, दाङ । अभिनेता राजेश हमालले नेपाली फिल्म क्षेत्रले दर्शकको चाहना बुझ्न नसकेको बताएका छन् । दर्शकको चाहनाअनुसारका उत्कृष्ट र राम्रा नेपाली फिल्म नबन्दा विदेशी फिल्मले नेपाली बजार लिइरहेको उनको भनाइ छ ।
चलचित्र पत्रकार संघ दाङले सोमबार बेलुकी घोराहीमा गरेको साक्षात्कारमा बोल्दै हमालले भने, ‘हामीसँग बजार छैन भन्ने कुरा म मान्दिनँ, दर्शक हलमा आउनुहुन्न भनेर गुनासो गर्छाैं भने हामीले आम दर्शकको स्वाद र चाहना चिन्न नसकेका हौं ।’
अभिनेता हमालले नेपाली फिल्ममा मौलिक कथावस्तु आउन नसकेको बताए । ‘कुनै कुनै चलचित्रकर्मीले त्यो प्रयास पनि गर्नुभएको छ,’ उनले भने, ‘तर धेरैजसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लाग्नु भाछ । कहाँको कथा ल्याएर सिनेमा बनाउनुहुन्छ, त्यो न यता जस्तो हुन्छ, न उताको जस्तो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4