
काठमाडौं । भारतीय गायक सोनु निगममाथि मुम्बईको एक सांगीतिक कार्यक्रममा आक्रमण भएको छ । गएराति मुम्बईको चेम्बुरमा आयोजित कन्सर्टमा सोनु र उनको टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको देख्न सकिन्छ । सोनुले प्रस्तुति दिइरहेको बेला शिव सेना पार्टीका एक विधायकले आक्रमण गरेको र उनका अंगरक्षकलाई सिंढीबाट तल धकेलेको समाचारमा जनाइएको छ ।
त्यसपछि घटनाबारे उजुरी दिन सोनु प्रहरी कार्यालयमा पुगेका थिए । त्यसपछि उनी मुम्बई विमानस्थलबाट दिल्ली आएको बताइएको छ ।
बलिउड हंगामाले भने आक्रमणपछि चोटपटक लागेकाले सोनुलाई अस्पताल पुर्याइएको जनाएको छ । ती विधायकका छोराको सोनुसँग सेल्फी खिच्ने इच्छा पूरा हुन नपाएपछि स्टेजमा आक्रमण गरेको खबरमा उल्लेख छ । सुरक्षा गार्डले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गर्दा अन्य केही घाइते भएका छन् ।
चर्चित पापाराजी भाइरल भयानीले आफ्नो इन्स्टाग्राममा एक क्लिप सेयर गरेका छन् । जहाँ सोनु निगमलाई कारबाट ओर्लिएर एयरपोर्टको प्रवेशद्वारतर्फ जाँदै गरेको देख्न सकिन्छ । भिडियोमा गायकलाई स्मार्ट पहिरनमा देख्न सकिन्छ । उनले आर्मी प्रिन्ट ज्याकेट र प्यान्ट लगाएका छन् । भयानीले सोनुको स्वास्थ्यबारे बारेमा सोध्दा गायकले जवाफ दिएका छन्, ‘सबै ठीक छ ।’
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
View this post on Instagram
प्रतिक्रिया 4