+

स्कटल्याण्डलाई लिग टू च्याम्पियन ट्रफी प्रदान

२०७९ फागुन  ९ गते १८:१८ २०७९ फागुन ९ गते १८:१८
स्कटल्याण्डलाई लिग टू च्याम्पियन ट्रफी प्रदान

९ फागुन,  काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को च्याम्पियन स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरिएको छ ।

नेपालमा मंगलबार सम्पन्न लिग टू शृखंलामा घरेलु टोली नेपालसँग पराजित भए पनि यसअघि नै स्कटल्याण्ड च्याम्पियन बनिसकेको थियो ।

कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी नटआउट ७५ रनको साझेदारी गरेपछि नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । लिग टू मा स्कटल्याण्डले सबै ३६ खेल खेलिसकेकोले काठमाडौंमा शृखंला सकिएपछि ट्रफी प्रदान गरिएको हो ।

आईसीसी ग्लोबल डेभलपमेन्ट प्रमुख विलियन ग्लेनराइटले स्कटिस टिमलाई ट्रफी प्रदान गरे ।

लिग टू मा ३६ खेल खेलिसकेको स्कटल्याण्ड ५० अंक जोड्दै च्याम्पियन बनेको हो । स्कटल्याण्डले २४ खेल जित्दा १० खेलमा पराजित भएको थियो । दुई खेलमा अंक बाँडेको थियो ।

लिग टू मा नेपालले स्कटल्याण्डलाई तेस्रो पटक पराजित गरेको थियो । नेपाल बाहेक अमेरिकाले पनि स्कटल्याण्डलाई ३ खेलमा हराएको थियो ।

यस्तै युएईले २ पटक तथा ओमान र नामिबियाले स्कटल्याण्डलाई १-१ पटक पराजित गरेका थिए । शीर्ष स्थानको स्कटल्याण्ड र ३६ खेलबाट ४४ अंक जोड्दै दोस्रो भएको ओमान वान डे विश्वकपको क्वालिफायरमा छनोट भएको छ ।

अब तेस्रो स्थानको होडमा नामिबिया, युएई र नेपाल छन् । नामिबियाको ३४ खेलबाट ३७ अंक छ । यूएईले २६ खेलबाट २७ अंक जोडेको छ । घरेलु मैदानमा ४ खेल जित्दै ८ अंक जोडेको नेपाल २८ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ ।

लिग टु क्रिकेट स्कटल्याण्ड क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय