+
+

दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘तलास २’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:५८

काठमाडौं । फाल्गुनन्द लिङ्देन र यल्लीवुड फिल्म्स्को संयुक्त लगानीमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । हत्या, अपहरण र मानव बेचबिखनजस्ता घटनामा नेपाली महिलाले भोग्नुपरेको पीडाको कथावस्तुमा फिल्म बनाउन लागिएको हो ।

दिनेश लिङ्देनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पूर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुण्य ओझा, दिलीप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ ।

फिल्ममा विकास चौधरीको संगीत, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको छायांकन छ । सुदिता लिङ्देनको प्रस्तुति, लीलाराज काम्बाङ सहनिर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?