
१० फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे ।
अपेक्षित काम नहुँदा समेत तीन पटक म्याद थपिएको उल्लेख गर्दै उनले सडकका दुराअवस्थाकै कारण २२ जनाले ज्यान गुमाउनुपरेको बताए ।
‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो’ उनले अगाडि थपे, ‘वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ । यसबारे सरकार किन मौन ? यसको जवाफ कसले दिने हो ? सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4