
१० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले वर्तमान परिवर्तन र व्यवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै आपत्ति नजनाएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजजाले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरेको विषयमा आपत्ति जनाएकी थिइन् ।
‘फागुन ७ गते जुन अभिव्यक्ति आएको छ त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान व्यवस्थाप्रति ठाडो आक्रमण गर्ने प्रवृत्ति निन्दनीय छ’ ज्ञानेन्द्र शाह लक्षित उनको भनाइ थियो ।
सांसद श्रेष्ठको भनाइको प्रतिवाद गर्दै राप्रपा सांसद जबराले पूर्वराजा शाहको भनाइको गलत ब्याख्या भएको बताए ।
‘पूर्वराजाले बोलेको कुरालाई अलिकति तोडेमोडेर आएको छ । पूर्व राजाले भनेको कुरा सकारात्मक हो । सबै पार्टीहरु र राजसंस्थाले मिलेर यो देशलाई उभोँ लगाऔं भन्ने कुरा उहाँले गर्नुभएको हो’, जबराले भने, ‘उहाँ (पूर्वराजा शाह) ले यो व्यवस्थाप्रति कुनै आपत्तिको कुरा गर्नुभएको होइन ।’
प्रतिक्रिया 4