+
+

माइतीघरदेखि तीनकुनेसम्मको ‘ग्रिन बेल्ट’ को संरक्षण महानगर आफैंले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १७:२७
फाइल तस्वीर

१० फागुन, काठमाडौं । माइतीघरदेखि तीनकुनेसम्मको सडक बीचको हरियाली क्षेत्र (ग्रिन बेल्ट)काे मर्मत सम्भार काठमाडौं महानगरपालिकाले आफैंले गर्ने तयारी गरेको छ ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका विकास प्राधिकरण मार्फत ‘जी टू जी’ अनुसार सडकबीचको हरियाली क्षेत्रको संरक्षण गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार टेलिकमले साउन यता काम नगरेको भन्दै महानगर आफैंले काम गर्ने तयारी गरेको हो ।

‘बारम्बार टेलिकमलाई सम्झौता अनुसार काम गर्न अनुरोध गर्‍यौं, काम गर्न नसक्ने भए भन्नूस् पनि भन्यौं , तर उहाँहरुले अटेर गर्नुभयो,’ महानगरका एक कर्मचारी भन्छन्, ‘उहाँहरु जिम्मा लिने, आफ्नो विज्ञापनको बोर्डहरु राख्ने तर काम चाहिं सबै महानगरले गर्नुपर्ने भएपछि महानगरले साउनयताको खर्चसमेत माग गरेर पत्र पठाउने तयारी गरेको छ ।’

साउन यता ग्रिन बेल्टको मर्मतसम्भारमा करिब ११ लाख रुपैयाँ खर्च भइसकेको महानगरको कृषि तथा वातावरण विभागले जनाएको छ । सडकबीचको हरियाली क्षेत्रमा रहेका बिरुवाहरुको उचित हेरचाह नहुँदा उजाड देखिन थालेको महानगरको भनाइ छ ।

महानगरका अनुसार यस विषयमा बुधबार टेलिकमको नेतृत्वसँग प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले फोनबाट जानकारी समेत लिएका छन् । टेलिकमको नेतृत्वसँगको वार्तालाप पछि अधिकारीले मातहतका कर्मचारीहरुलाई महानगर आफैैंले काम गर्ने गरी तयारी गर्न निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?