
१० फागुन, काठमाडौं । गाडी चलाउने नक्कली लाइेन्स बनाएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं। ७ घर भई हाल जिल्ला ललितपुर गोलभट्टा बस्ने वर्ष २८ को प्रकाश घर्ती मगर रहेका प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घर्ती मगरलाई पक्रेको हो ।
बी बर्गको लाइसेन्सलाई ए, बी, एफ र जी बर्गको बनाइ प्रयोग गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4