
१० फागुन, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।
कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो ।
उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका २ वटा चेक फेला परेको प्रहरीले जनाएको छ ।
उनी हुण्डी कारोबार गरेको आरोपमा २०७५ सालमा पनि २ लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परी राजस्व छली सम्बन्धी कसूरमा अनुसन्धान गरिएका व्यक्ति रहेको कार्यालयका प्रवक्ता सोमेन्द्र राठौरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4