
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले बाइकिङ प्रविधि प्रबर्द्धन गर्न गठन गरेको अपाचे ओनर्सग्रुप (एओजी) ले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय ‘मार्की राइड’ सुरू भएको छ ।
परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले ११ फागुन बिहीबारदेखि मार्की राइड सुरु गरेको हो । अपाचे ओनरस्ग्रुप (एओजी) को मार्की राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी रहेको कम्पनीले बताएको छ । उक्त यात्रा २१ दिन लामो हुनेछ ।
पहिलो दिन काठमाडौंदेखि रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।
मानिस र मेसिन बीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन भएको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।
काठमाडौंबाट सुरु भएको यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट पुनः रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुकोपनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टीभीएसलाई ‘बोर्डले विज्ञापन र पीएसए मार्फत कार्यक्रमको प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेको कम्पनीले बताएको छ ।
टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरिसकेको छ । यी राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, विर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए ।
अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो ।
प्रतिक्रिया 4