
११ फागुन, काठमाडौं । नेकपा माअोवादी केन्द्र र जनता समाजवादी पार्टीक नेताहरुबीच भेटवार्ता सुरु भएको छ ।
सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् ।
यसअघि बिहीबार नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भइसकेको छ । बिहीबार नै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् । साँझ ६ बजे माओवादी, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4