
११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा चौकीदार राख्ने भएको छ ।
नेपाल प्रहरी र महानगरपालिका बीच सरकारी स्तरमै सम्झौता गरेर चौकीदार राख्ने तयारी भइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।
महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकमा समेत उक्त विषय छलफल भएको छ ।
सम्झौता अनुसार नेपाल प्रहरीले कामको आधारमा उमेर समूह, कार्यदक्षता लगायत मापदण्ड तोकेर चौकीदार पठाउनेबारे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्यपालिका बैठकमा जानकारी गराएका थिए ।
कम्तीमा दुई वटा निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेका महानगरवासीलाई चौकीदारका लागि योग्य हुने मापदण्ड निर्धारण हुने उनले बताए । यस विषयमा मेयर बालेन्द्र (बालेन) साहले समेत सहमति जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4