
११ फागुन, काठमाडौं । कपिलवस्तुमा छोराबुहारी मिलेर वृद्धको हत्या गरेको खुलेको छ ।
बिहीबार प्रहरीले शिवराज नगरपालिका-१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो ।
मगरे पासीको शव बुधबार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । खबर पाएपछि पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले शव शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।
बाँया आँखामा निलडाम, नाकबाट रगत बगेको, कानमा चोट लागेको देखिएपछि अनुसन्धान गर्दा छोरा बुहारी मिलेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4