+

स्पोर्टस अवार्डलाई प्लाजा होटल ग्रुपले सहप्रायोजन गर्ने

२०७९ फागुन  ११ गते १८:०९ २०७९ फागुन ११ गते १८:०९
स्पोर्टस अवार्डलाई प्लाजा होटल ग्रुपले सहप्रायोजन गर्ने

११ फागुन, काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ लाई प्लाजा होटल ग्रुपले सहप्रायोजन गर्ने भएको छ ।

यस सम्बन्धी सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका कार्यबाहक अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच हस्ताक्षर भएको छ ।

१९ औं संस्करणको पल्सर अवार्ड आउँदो फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

सहप्रायोजक बनेवापत प्लाजा होटल ग्रुपले अवार्ड कार्यक्रममा लागि आउने अतिथिको आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि होटलले स्थान उपलब्ध गराउने छ ।

पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

पल्सर स्पाेर्टस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय