+
+

सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका छिट्टै आउँछ : मन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १८:३५

११ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् ।

मन्त्री भण्डारीले देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित दुईवटै महासंघको आग्रह अनुसार आवश्यक अध्ययन गरी नीति जारी गरिने प्रतिबद्धता जनाए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बिहीबार मन्त्री भण्डारीसँग भेटगरी व्यवसायीका समस्याबारे अवगत गराएका थिए । मन्त्री भण्डारीसँगको भेटमा व्यवसायीहरुले आफूहरुको माग राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने जानकारी गराएका थिए ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारसम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए ।

निर्देशिकाको अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट् र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनले बताए ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि व्यावसायीका समस्याबारे मन्त्री भण्डारीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?