
११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन् । सरकारमा सहभागी नभएका दलहरुसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेका प्रचण्डले गठबन्धन बदल्न खोजेको आशंका पनि छ ।
जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4