
१२ फागुन, धनगढी । कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।
उनका अनुसार २०६२ सालको भदौमा करेन्ट लागेर मृत्यु भएको घटनामा ऐडीले कर्तव्य ज्यान गरेको जिल्ला अदालतले ठहर गरेको थियो । घटना भएको दिनदेखि फरार रहेका उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4