+
+
रोजगारी :

पर्वतारोहणमा सम्पर्क अधिकृतलाई आकर्षक अवसर, यसरी लिन सकिन्छ तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १४:०२

१२ फागुन, काठमाडौं । तपाईं सगरमाथा आरोही हुनुहुन्छ वा सरकारी कर्मचारी भने हिमाल आरोहणका हरेक सिजनमा एक आकर्षक अवसर सिर्जना हुन्छ । त्यो हो, सम्पर्क अधिकृत । एकातर्फ आफ्नो नियमित जागिरमा तलबी बिदा पाइने, अर्कोतर्फ भत्ता सुविधा र घुमफिरसमेत हुने गरी आकर्षक काम । सोहीकारण हरेक वर्ष सरकारी कर्मचारीबीच पर्वतारोहण टोलीको सम्पर्क अधिकृत बन्न तीव्र प्रतिस्पर्धा नै चल्छ । तर, यसरी सम्पर्क अधिकृत बन्न विना तालिम भने सम्भव छैन । सोहीकारण हरेक वर्ष नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सम्पर्क अधिकृत बन्न चाहनेहरुका लागि तालिम दिने गर्छ ।

यस वर्षका लागि समेत शुक्रबार प्रतिष्ठानले तालिमका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानका अनुसार यस वर्षका लागि तालिम २९ फागुनबाट चल्दैछ । यस प्रयोजनका लागि निजामती सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणीदेखि राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी र निजामतीको अधिकृत स्तरसम्मका नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीका कर्मचारीले तालिममा भाग लिन पाउँछन् । यसका लागि ५ हजार १ सय रुपैयाँ तिरेर आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ । आजको १५ दिन भित्र कर्मचारी र आरोहीले तालिमका लागि आवेदन दिन सक्ने भएका छन् ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले पनि पाउने

यो अवसर प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले पनि पाउने छन् । निजामती सेवाको कर्मचारीका रुपमा नियुक्त भई प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले समेत यो अवसर पाउने भएका छन् ।

आरोहीको हकमा भने पर्यटन विभागबाट सगरमाथा चढेको प्रमाणपत्र पाइसकेको हुनुपर्ने गरी शर्त तोकिएको छ । सम्बन्धित मन्त्रालय/विभाग र कार्यरत निकायले कर्मचारीलाई सिफारिस भने दिनु पर्छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?