
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद संजय गौतमले मध्यवर्ती क्षेत्रमा हुने मानव र वन्यजन्तुको द्वन्द्वबारे गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले बार्दियाको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताको जीवन कष्टकर रहेको बताए ।
बिहीबार मात्र बाघको आक्रमणबाट मधुवन क्षेत्रका ३ जना घाइते भएको भन्दै उनले उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
यस्ता घटनामा ज्यान गुमाउनेहरुको परिवारलाई राहत स्वरुप कुनै समय १ लाख ५० हजार दिने गरिएको र अहिले १० लाख पु¥याइएको भए पनि यो अपर्याप्त भएको उनले बताए । उनले भने, ‘समय सापेक्ष बनाउन २५ लाख दिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4