+

आकाश र विशालको अर्धशतक मद्दतमा नेपालले दियो सिंगापुरलाई २६२ रनको लक्ष्य

२०७९ फागुन  १२ गते १४:४९ २०७९ फागुन १२ गते १४:४९
आकाश र विशालको अर्धशतक मद्दतमा नेपालले दियो सिंगापुरलाई २६२ रनको लक्ष्य

१२ फागुन, काठमाडौं । आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई २६२ रनको बलियो लक्ष्य दिएको छ ।

युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि डेब्युटान्ट आकाश त्रिपाठीका साथै अर्का खेलाडी विशाल विक्रम केसीले अर्धशतक बनाए । जसको मद्दतमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो ।

तेस्रो क्रमका ब्याटर आकाश त्रिपाठी १०० बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भए ।

विशाल विक्रम भने ६३ रनमा नट आउट रहे । उनले ५४ बलमा ४ चौका र २ छक्का हाने ।

ओपनर दीपक बोहरा ५ रन बनाउँदै क्याच आउट भए पनि अर्का ओपनर अर्जुन कुमालले ६७ बल खेल्दै ३७ रन बनाए ।

अर्जुन र आकाशले दोस्रो विकेटका लागि ९३ रनको बलियो साझेदारी बनाए । कप्तान देव खनाल २१ रनमा अबुडे छाजेरको बलमा एलबीडब्लयु भए । दीपक बोहरा १७ रनमा क्याच आउट भए । दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए । सुवास भण्डारी १२ रनमा नटआउट रहे ।

सिंगापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २–२ विकेट लिए । माहियु भाटिया र अदित्या भारगावाले १–१ विके ट लिए ।

यू-१९ नेपाली राष्ट्रिय टिमबाट ७ जना खेलाडीले डेब्यु गरेका छन् । नेपालका लागि आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपक प्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले आजको खेलमा डेब्यु गरेका छन् ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय