+

यू–१९ मा हेमन्त र सुवासलाई डेब्यु विकेट

२०७९ फागुन  १२ गते १६:५२ २०७९ फागुन १२ गते १६:५२
यू–१९ मा हेमन्त र सुवासलाई डेब्यु विकेट

१२ फागुन, काठमाडौं । तीव्रगतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीले यू–१९ राष्ट्रिय टिमबाट डेब्यु विकेट लिएका छन् ।

युएईमा चलिरहेको यू–१० विश्वकप क्रिकेटको एशिया छनोटमा सिंगापुर विरुद्धको खेलमा उनीहरुले डेब्यु विकेट लिएका हुन् ।

हेमन्तले ३.३ ओभरमा सिङ्गापुरका ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट क्याच आउट गराएका हुन् । राहिल १० बल खेल्दै शुन्यमै आउट भए ।

नेपालका लागि दोस्रो विकेट ११.३ ओभरमा सुवास भण्डारीको बलिङ ओभरमा अर्जुन नागपाल ३५ बल खेल्दै १४ रन बनाउँदै रन आउट भएका थिए ।

त्यस्तै, स्पिनर सुवास भण्डारीले १३.३ ओभरमा माहियु भाटियालाई हेमन्त धामीको बलमा क्याच आउट गराए । माहियुले ८ बलमा ३ रन मात्रै बनाउन सके ।

नेपालसँगको खेल जित्न २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले २७ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६३ रन मात्र बनाएको छ ।

यू-१९ विश्वकप सुवास भण्डारी हेमन्त धामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय