+
+

सामसङ ग्यालेक्सी एस२३ सिरिजको प्रि-अर्डर उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १७:५५

काठमाडौं । ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरुबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि-अर्डरको रेकर्ड तोडिएको छ । सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैंमा एक ठूलो सफलता भएको कम्पनीले जनाएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजको भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ ।

सामसङका निर्देशक प्रणय रत्न स्थापित यो प्रि–अर्डरको परिणामले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र ब्राण्ड प्रति ग्राहकहरुले देखाएको बलियो विश्वास भएको बताउँछन् ।

देशभरका डिलरहरुले एस२३ सिरिजको सार्वजनिक र सफलताको खुशियाली मनाएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?