+
+

कैलाश गाउँपालिकामा तिलगंगाले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते २०:०३

१२ फागुन, हेटौंडा । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट कैलाश गाउँपालिकामा तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने भएको छ ।

केन्द्र सञ्चालनका लागि बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।

तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्रतिष्ठानले केन्द्रलाई आवश्यक पर्ने मेडिकल उपकरण उपलब्ध गराउने र आँखा सँग सम्बन्धित जनशक्ति व्यवस्थापनका लागि सहयाेग गर्ने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

कैलाश–३ कालिकाटारमा रहने आँखा केन्द्रमा १ जना नेत्र सहायकसहित ३ जना कर्मचारी रहने अध्यक्ष मुक्तानले बताए। केन्द्रमा सम्पुर्ण किसिमको आँखा जाँच र चस्मा जाँच हुने उनको भनाई छ । आउँदो चैत अन्तिम साता कालिकाटारमा बृहत आँखा शिविर गरेर केन्द्रको उद्घाटन गर्ने तयारी रहेको उनले बताए ।

पालिकामा आँखा सम्बन्धी उपचार गर्ने स्वास्थ्य केन्द्र नभएको अवस्थामा केन्द्रको स्थापना पछि कैलाशका स्थानीयका साथै राक्सिराङ गाउँपालिकाका नागरिकले समेत सेवा प्राप्त गर्ने अध्यक्ष मुक्तानको भनाई छ।

तत्कालका लागि कालिकाटारमा भाडाको घरमा आँखा केन्द्र सञ्चालन गरिने र पालिका भवनसँगै निर्माण भैरहेको पालिकास्तरीय अस्पतालको निर्माण कार्य सकिएपछि आँखा केन्द्रलाई पनि सोहि अस्पतालबाट सञ्चालनमा ल्याइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?