+
+

पाकिस्तान भ्रमण गर्ने नेपालीलाई आवश्यक कागजात बोक्न दूतावासको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते २०:२६

१२ फागुन, काठमाडौं। पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो ।

‘भारतको बाटो हुँदै सतह/ स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोपलगायतका कागजातहरू दुरुसत नभई यात्रा गर्न नपाउने र यात्राको प्रक्रियामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजातहरू दुरुस्त रहेको यकिन गरेर मात्रै भ्रमण गर्न अनुरोध गरिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?