
१३ फागुन, धनगढी । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने बताएका छन् ।
मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका प्रचण्डले गुमाएको टिप्पणी गरे ।
‘प्रचण्ड जस्ता अस्थिर माछे हुँदासम्म मुलुकले स्थिरता पाउदैन । प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिने जस्ता अविश्वनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ’ उनले भने ।
आफ्नो प्रतिवद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै गुरुङले जनताले सजाय दिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4