+
+

बर्लिन फिल्म फेस्टिभलमा फर्कियो ‘स्टारडम’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १७:५४
हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट

काठमाडौं । कोभिड महामारीपछि पहिलोपटक विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभल भौतिकरुपमै आयोजना गरिएको छ । जर्मनीको यो चर्चित सहरमा विश्व स्टारहरुले ‘स्टारडम’ प्रस्तुत गरेका छन् । यसअघिका दुई संस्करण भर्चुअलरुपमा गरिएको थियो ।

यसवर्ष, रेबेका मिलरको पछिल्लो फिल्म ‘सी कम टु मी’ प्रिमियरसँगै बर्लिनको ७३ औं संस्करण सुरु भयो । यो फिल्ममा पिटर डिंकलेज, मारिसा टोमी, जोआना कुलिग, ब्रायन डी’आर्सी जेम्स, र एनी ह्याथवेले अभिनय गरेका छन् ।

फिल्मलाई न्यूयोर्क सहरमा सेट गरिएको छ र यसले प्रेमका अनेक रुपबारेको कथावस्तु भन्छ । जब संगीतकार स्टीभन लाउडेन (डिंकलेज) ओपेरामा प्रस्तुति दिनको लागि फर्कन असमर्थ हुन्छन् तब पूर्वथेरापिस्ट समेत रहेकी पत्नी प्याट्रिसिया (एनी ह्याथवे)मार्फत प्रेरणाको खोजीमा निस्कन्छन् । उनले यस क्रममा सोचेभन्दा धेरै कुरा पत्ता लगाउँछन् ।

लाइनअपमा क्रिस्चियन पेटजोल्ड र मार्गारेट भोन ट्रोटाका नयाँ फिल्महरू पनि समावेश छन्, र सेन पेनले आफ्नो पछिल्लो डकुमेन्ट्री ‘सुपरपावर’मार्फत डेब्यु गरेका छन् । यो फिल्मले युक्रेनमाथि रुसी हमलाको समयबारेको कथा भन्छ ।

यस वर्षको महोत्सवको निर्णायक मण्डलको नेतृत्व अभिनेत्री क्रिस्टन स्टीवर्टले गरेकी छिन् । उनीसँग इरानी-फ्रान्सेली अभिनेत्री गोलशिफ्टेह फराहानी, जर्मन निर्देशक भलेस्का ग्रिसबाच, रोमानियाली निर्देशक राडु जुडे, अमेरिकी कास्टिङ निर्देशक र निर्माता फ्रान्सिन मैस्लर, स्पेनी निर्देशक कार्ला सिमोन, र प्रतिष्ठित हङकङ निर्देशक र निर्माता जोनी तो सम्मिलित छन् । १६ फेब्रुअरीदेखि सुरु भएको बर्लिन फेस्टिभल २६ फेब्रुअरीसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?